एमालेमै फर्किएपछि माधव नेपाललाई भेटिन् चिनियाँ राजदूतले

सर्वोच्च अदालतले नै नेकपाको एकतालाई बदर गरिदिएपछि अन्तत प्रचण्डसँग भारी मन लगाएर ओली प्रवृतिसँग एमालेमै रहेर अन्तरसंर्घष गर्ने भन्दै मुलघरमा फर्किएका वरिष्ठ नेता माधव नेपालसँग चिनियाँ राजदूत योङ यान्छीले भेट गरेकी छिन् ।

प्रतिनिधिसभा पूनस्थापना पछि पनि नेकपाको एकतामा बढी जोड दिदै केही नेताहरुसँग भेटघाटमा दौडिएकी राजदूत यान्छी अदालतले नेकपाको एकतालाई बदर गरिदिने अर्को निर्णय सुनाएपछि भने अलमलमा परेकी थिइन् ।



अब के हुन्छ नेपालको राजनीतिक भविश्य ? अनि नेपालको सरकार? भन्ने विषयमा केन्द्रीत रहेर राजदूत यान्छीले अहिले निक्कै चासो दिइरहेकी छिन् । त्यही क्रममा उनले मंगलबार साँझ वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वर पुगेर भेटवार्ता गरेकी हुन् ।

‘समसमायिक विषयमा छलफल गर्न राजदूत यान्छी वरिष्ठ नेता नेपालको निवास आउनुभएको र त्यही अनुसारको छलफल भएको हो,’ नेपाल निकट स्रोतले भन्यो । साँझ ५ बजे यान्छी नेपाल निवास कोटेश्वर पुगेकी थिइन् । उनले त्यहाँ नेपालसँग झण्डै एक घण्टा भेटवार्ता गरेकी थिइन् ।

सम्बन्धित समाचार