माओवादी केन्द्रमै फर्कने तयारीमा प्रभु शाह

सर्वोच्चको फैसलासँगै शहरी विकासमन्त्री प्रभु शाह माओवादी केन्द्रमै फर्कने तयारीमा रहेका छन् । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले शाहलाई फोन गरेर पार्टीमा फर्कन गरेको आग्रहमा उनी सकारात्मक देखिएका थिए ।

बुधवार अपराह्न पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठककै बीचमा श्रेष्ठले शाहलाई फोन गरेर पार्टीमा फर्किन आग्रह गरेका हुन् । ‘पार्टीले तपाईंलाई खोजिरहेको छ,’ श्रेष्ठले फोनमा शाहलाई भने ।



संसद् विघटनपछि पूर्व माओवादी नेता प्रभु शाह यतिबेला एमालेका अध्यक्ष ओलीनिकट बनेका थिए ।

सम्बन्धित समाचार