म छोड्नेवाला छैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राजनीतिक लडाइँबाट आफू नभाग्ने बताएका छन्।

नयाँ पुस्तालाई नेतृत्व दिन दबाब परे पनि आफूले नछाड्ने प्रचण्डको भनाइ छ । ‘म छोड्नेवाला छैन,’ माओत्सेतुङले ६७ वर्षमा क्रान्ति गरेको स्मरण गर्दै काठमाडौंमा विहीबार आयोजित कार्यक्रममा उनले भने, ‘लड्नेवाला छु । एउटा ब्याटल लडेर जितेँ, अरु दुई चार वटा जित्न बाँकी छ ।’



प्रचण्डले कोर्स करेक्सन गरेर पुनः राजनीतिक लडाइँमा उत्रने बताउँदै साथ र सहयोगका लागि कार्यकर्तालाई अपिल गरे ।

सम्बन्धित समाचार