नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।

सत्तारूढ नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। चैत १ गते आइतबार केन्द्रीय कमिटी बैठक बस्न लागेको छ।
एमालेका सचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठक बस्न लागेको छ। केन्द्रीय सदस्यहरूलाई बैठकबारे उक्त पार्टीले जानकारी पठाउँदैछ। कति बजे, कहाँ बैठक बस्ने भन्नेबारे तोकिसकिएको छैन।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेपछि एमाले ब्युँतिएको थियो। अस्तित्वमा आएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको छ। एमालेमा झलनाथ खनाल र माधव नेपाललगायतले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीका कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

