ओलीले आफूनिकट केन्द्रीय सदस्यलाई बालुवाटार बोलाए

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यलाई बालुवाटारमा बोलाएका छन् । नेकपा एमालेको नवौँ महाधिवेशन र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरुसँग प्रधानमन्त्री ओलीले अनौपचारिक छलफल गर्न बोलाएको स्रोतले जनाएको छ ।

एमालेको २०५ सदस्यीय केन्द्रीय कमिटीमा निधान भएका र रिक्त रहेका बाहेक सदस्यहरुमध्ये १ सय ५ जना केन्द्रीय सदस्य ओली पक्षमा रहेका छन् ।



यसैबीच माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यहरुसँग बुधबार र विहीबार छलफल गरेको थियो । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक चैत्र १ गते बोलाएको छ ।

सम्बन्धित समाचार