माधव र झलनाथलाई थाहै नदिइ ओलीले तोके महाधिवेशनको मिति, महासचिवबाहेक सबै पदाधिकारीलाई हटाए

नेकपा (एमाले) को दशौं महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ। अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन्।

२०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको स्रोतले जानकारी दियो। माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी छ।



साथै ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् ।

सम्बन्धित समाचार