नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिँदैछ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले केहीबेरपछि साधुसन्तको बिदाइ गरिने बताए।
यस वर्ष कोषले १०० देखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तको बिदाइ गर्ने तयारी गरेको छ। साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ।
यसैगरी गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फागुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संकल्प गरेकी सामग्री दिएर बिदाइ गर्दैछ। फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरेको थियो।
