
वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको कार्यसम्पादन समितिको आकस्मिक बैठकले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्तिको बाटोमा लगेको निष्कर्ष निकालेको छ ।
शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक ओलीले एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद र जिम्मेवारी खोस्ने तथा जथाभावी केन्द्रीय सदस्य थप्ने निर्णयको अभियानले विरोध गरेको हो ।
गौतम नेतृत्वको अभियानले विधान विपरीतका निर्णय सच्याएर सिंगो पार्टीलाई एकताबद्ध बनाइ राख्नका लागि सबैलाई आह्वान गरेको छ । तर एमालेमा ओली र माधव नेपाल पक्षले समानान्तर कमिटी घोषणा गरेपछि गौतमले यस्तो आह्वान गरेका हुन् ।


