कांग्रेस, माओवादी र जसपाबीच सत्ता समीकरणको सहमति भैसकेको खुलासा

प्रधानमन्त्री केपी ओलीविरुद्ध गठबन्धन कायम गर्ने विषयमा पछिल्लो समय छलफललाई तिब्रता दिएका नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति कायम भैसकेको खुलासा भएको छ । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एक अन्तर्वार्तामा एमालेइत्तरका दलबीच सहमतिय सरकार बनाउने सहमति भएको र त्यो एक-दुई दिनभित्र सार्वजनिक हुने दाबी गरे ।

तीन दलीय गठबन्धनले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउने गजुरेलको दाबी छ । गठबन्धनका लागि तीन दलबीच सहमति भइसकेको र संयुक्त बैठकपछि त्यसले औपचारिकता पाउने उनको भनाइ छ ।



नेता गजुरेलले केपी ओली अब केही दिनको प्रधानमन्त्री भएको बताए । कांग्रेस, माओवादी र राजपाबीच गठबन्धन भएपछि प्रधानमन्त्री को बन्न भन्ने विषय टुंगो लागि नसकेको उनले बताए ।

शनिबार माओवादी केन्द्र र जसपाबीच सत्ता गठबन्धनसहित चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको थियो । तीन दलबीच सत्ता समीकरण कायम गर्ने सहमति भएपनि प्रधानमन्त्रीमा सहमति हुन नसकेकोले यो समीकरणले ओली सरकार ढाल्नेमा ढुक्क हुन नसकिने राजनीति विष्लेषकहरु बताउँछन् ।

सम्बन्धित समाचार