एमाले फुट्ने चर्चाकाबीच माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका छन् । दुवै नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भइरहेको स्रोतले बतायो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिने फैसला गरेपछि तत्कालीन नेकपाको प्रचण्ड-नेपाल पक्ष छुट्टिएर साविककै दलमा आबद्ध भएका थिए । नेता नेपाल पक्ष एमालेमै फर्किएपछि एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच अन्तरसंघर्ष चर्किएको छ ।



शनिवार माओवादी केन्द्रले बैठक बोलाएर एमालेतिर लागेका पूर्व माओवादी नेता र सांसदहरूलाई कारवाही गर्ने निर्णय गरेको छ । नेता नेपालले एमाले फुटाएर माओवादी केन्द्रमा गाभ्ने तयारी गरेको चर्चाकाबीच प्रचण्ड र नेपालको भेटघाटलाई चासोका साथ हेरिएको छ ।

सम्बन्धित समाचार