मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

मन्त्रिपरिषद्को आकस्मिक बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पछिल्लो राजनीतिक अवस्थाका बारेमा विभिन्न निर्णय गरेको स्रोतको दाबी छ । बैठकले गरेका राजनीतिक निर्णय गोप्य राखेपनि केही नियुक्तिका खवर भने सार्वजनिक भएको छ ।

सोमबार र विहीवार मन्त्रिपरिषदको बैठक बस्ने गरेकोमा आज आइतबार प्रधानमन्त्री केपी ओलीले आकस्मिक रुपमा बैठक बोलाएका थिए । बैठकले खानेपानी संस्थानका अध्यक्षमा गुणाकर भुसाल नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‌ बैठकले भुसालसहित थप पाँच सदस्य नियुक्त गरेको हो ।



सदस्यहरूमा नीरूकुमारी कुँवर, नारायणी जीसी, रमेश केसी, वासुदेव अर्याल र भद्रपुर नगरपालिकाका मेयर नियुक्त जीवनकुमार श्रेष्ठ भएका हुन् । संस्थानको सञ्चालक समितिका अध्यक्ष पद रिक्त थियो ।

सम्बन्धित समाचार