ओलीलाई भेट्‌न धुम्बाराही पुगे नेपालसहित यी ४ नेता, यी विषयमा हुँदैछ छलफल

नेकपा एमालेका अध्यक्ष केपी ओली भेट्न नेता माधव नेपाल धुम्बाराही पुगेका छन् । नेपालसँगै पार्टी मुख्यालय पुग्नेमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रघु पन्त रहेका छन् । त्यस्तै ओली पक्षबाट नेता प्रदीप ज्ञवाली धुम्बाराही पुगेका छन् ।

ओलीले भेटका लागि सुरुमा बालुवाटार बोलाएकामा नेता नेपालले त्यसलाई अस्वीकार गरेका थिए । त्यसपछि धुम्बाराहीमा भेट हुने तय भएको हो । एमाले अध्यक्ष केपी ओलीसँग पार्टी कार्यालय धुम्बाराहीमा हुने छलफलमा वरिष्ठ नेता माधव नेपाल चार विषयमा केन्द्रित हुनेछन् । नेता नेपाल समूहको स्थायी समिति र केन्द्रीय समितिको बैठकमा उठेका विषय नै ओलीलाई सम्झाउनेछन् ।



एक, शुक्रबार ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने । दुई, विधान विपरीत मनोनित गरिएकामा त्यसलाई सच्याउनुपर्ने । तीन, वामपन्थी सरकारलाई निरन्तरता दिनुपर्ने । चार, २ जेठ २०७५ कै अवस्थाको एमाले हुनुपर्नेछ ।

सम्बन्धित समाचार