
सोमबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा चलेको छलफलपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बैठक सुरुमा मीठो भए पनि अन्तिममा टर्को भएको प्रतिक्रिया दिएका छन्।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले बैठक सकारात्मक नभएको निष्कर्ष सुनाएका हुन्। उनले बैठकमा कार्यदल बनाउने विषयमा पनि आफूहरूले धारणा राखेको बताए। बैठकमा नेपाल पक्षले ओली पक्षले गत फागुन २८ गते गरेको निर्णय रद्द गर्नुपर्ने अडान राखेको थियो। तर, ओली पक्षले अस्वीकार गरेका थिए।
छलफलमा सर्वोच्च अदालतले एमाले ब्युँत्याइदिएका कारण माओवादी केन्द्रसँग एकता गर्नुअघिकै संरचनाअनुसार अघि बढ्नुपर्ने नेपाल पक्षको प्रस्ताव थियो। तर, ओलीले भने समय अघि बढिसकेको जवाफ फर्काएका थिए।

