बंगलादेश भ्रमणको तयारीमा रहेकी राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन् । खोप लगाउन उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुगेकी थिइन् । कोरोना खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफ्नै उमेर समूह पर्खिएर बसेकी तर बंगलादेश भ्रमणमा जानु पर्ने भएकाले खोप लगाएको बताइन् ।

उनले भनिन्, सबैले लगाईसकेपछि लगाउनुपर्ने भएपनि ठिकै छ भनेर बसेकी थिएँ । मित्रराष्ट्र (बंगलादेश)को भ्रमण गर्नुपर्ने भयो । खोप नलगाई जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले टार्न नसकिने भयो ।’



उनले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल गरिन् । नयाँ भएको हुनाले केही शंका हुनु स्वभाविक भएपनि धेरै चरणको परीक्षण पछि मात्रै खोप आएको भन्दै उनले भनिन्, ‘धेरै चरणको परीक्षण भएको हुनाले ढुक्क हुन अनुरोध गर्छु ।’

सम्बन्धित समाचार