
जसपाको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो दुई बजे बोलाइएको छ। नेता अशोक राईका अनुसार बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुनेछ ।
आगामी विहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ । पदाधिकारी बैठकमा सत्ता समीकरणको विषयमा समेत छलफल हुने अनुमान छ ।
प्रधानमन्त्री केपी ओलीलाई नै सरकारमा सघाउने या नयाँ सरकार गठनमा लाग्ने भन्नेमा जसपामा विवाद छ । आजको बैठकमा यसबारे निर्णय लिने स्रोतको दाबी छ । नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ ।

