संसद बैठक बस्नुअघि माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरू

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । संसद बैठक बस्नुअघि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो ।

संसदीय दलको बैठकमा आज संसदमा प्रस्तुत हुने विषयमा छलफल हुने श्रोतले जनाएको छ । प्रतिनिधिसभाको बैठक बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे बस्नेछ ।



आजको बैठकका दुई कार्यसूचीहरु रहेका छन् । जसमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने र संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार