बालुवाटारमा प्रधानमन्त्रीको चियापान सुरू, नेपाल पक्षको बहिस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे चियापान समारोहमा सहभागी हुन नेकपा एमालेका केन्द्रीय सदस्यहरु तथा पार्टीका नेताहरु बालुवाटार भेला हुन थालेका छन् ।

यही चैत्र ७ गते बस्ने नेकपा एमालेको केन्द्रीय समितिको बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले यो चियापानको आव्हान गरेका हुन् । हिजो मात्र नेकपाका माधव नेपाल समूहसँग पार्टीलाई एकजुट बनाएर लैजाने विषयमा कुराकानी गर्न दुबै पक्षका नेताहरुको छलफल भएको थियो । तर छलफलमा कुनै ठोस सहमति निस्कन सकेको थिएन ।



यता नेपाल समूहले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेला आव्हान गरेको छ । हिजोको छलफलमा ओली पक्षीय नेताहरुले नेपाल पक्षलाई भोलि र पर्सि हुने राष्ट्रिय भेला रोक्न आग्रह गरेका थिए । तर नेपाल पक्षले सो भेला नरोक्ने र आज प्रधानमन्त्रीले आयोजना गरेको चियापानमा पनि नजाने निर्णय गरेको छ ।

सम्बन्धित समाचार