नेपाल पक्षले बोलाएको भेलामा नजान नेता-कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको गुटगत भेलामा नजान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल पक्षले बोलाएको गुटगत भेलामा सहभागी नहुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘केही मानिसहरूले निहुँ खोजिरहेका छन्,’ उनले भने, ‘ भोलि राष्ट्रिय भेला बोलाउने अरे, समानान्तर कमिटी बनाउने अरे । तर, एमालेसम्बद्ध तपाईंहरू कोही पनि गुटगत भेलामा नजानुहोला ।’



उनले पार्टीभित्र अराजकता, विधि विधान विपरीत काम र एकताविरोधी क्रियाकलाप गर्न छुट नभएको बताए । प्रधानमन्त्री ओलीले पार्टीलाई पार्टीका रुपमा चल्न नदिएर केही मानिसहरूले भाँडभैलो मच्चाउने प्रयास गरिरहेको पनि आरोप लगाए ।

सम्बन्धित समाचार