नयाँ सत्ता समीकरणकाे विषय टुंङ्गाे लगाउन जसपाको पदाधिकारी बैठक बस्दै

जनता समाजवादी पार्टी जसपाको पदाधिकारी बैठक बस्दैछ। बैठक विहान ११ बजेपछि पार्टी केन्द्रिय कार्यलय बालकुमारीमा बस्दैछ। बिहीबार बस्ने पार्टीको कार्यकारिणी परिषद बैठकको एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागको केन्द्रिय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

पदाधिकारीबीच पार्टीको संरचनात्मक खाकाको बिषयमा थप छलफल हुनेछ। यस विषयमा मंगलबार पनि छलफल भएको थियो। विहीबार बस्ने कार्यकारिणी बैठकमा पार्टीको संगठनात्मक खाका प्रस्तुत गर्ने तयारी छ।



साथै आजको बैठकमा सत्ता समीकरणबारे पनि छलफल हुनेछ। नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा रहेको छ। कांग्रेस र माओवादीसँग सत्ता समीकरण गर्ने विषयमा राजपाले आधारभूत सहमति जनाइसकेको छ ।

सम्बन्धित समाचार