
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनतर्फ धकेलेको बताए। मंगलबार सानेपामा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले ओलीको पछिल्ला गतिविधिले पार्टी विभाजनको संकेत गरेको बताए।
केपी ओलीले जुन ढंगले काम गर्नुभएको छ, हाम्रो पार्टीलाई विघटन, विभाजन र बिसर्जनतर्फ लैजाने प्रयास गर्नु भएको छ। यसले पार्टी कार्यकर्तालाई आक्रोशित बनाएको छ’, उनले भने।
उनले कार्यकर्ताको आक्रोशलाई सम्बोधन गर्न आफूहरुले भेला बोलाएको बताए। नेता खनालले पार्टी ओलीले पार्टाीमा परामर्शविनै आसेपासेलाई नियुक्ति गर्ने गरेको बताए। उनले प्रधानमन्त्री ओलीले भ्रष्टचारीलाई संरक्षण गरेको समेत आरोप लगाए।

