
नेकपा एमालेको माधव नेपाल पक्षले कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन यथावत रहेको दाबी गरेको छ । कर्णालीमा माधव पक्षका नेता एवं सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले समाजिक सञ्जालमा सन्देश लेख्दै सरकारलाई दिएको समर्थन यथावत रहेको बताएका हुन् ।
यामलाल कंडेलको अध्यक्षतामा बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्री ज्वालाले भने एमाले संसदीय दलको आधिकारिक बैठक नै नबसेको दाबी गरेका छन् ।
एमालेको समर्थनमा माओवादी केन्द्रका नेता शाही कर्णालीको मुख्यमन्त्री बनेका थिए ।


