फुट्न लागेको हो जसपा ? पूर्वराजपा समूहले गर्यो छुट्टै भेला

जनता समाजवादी पार्टी (जसपा)मा पूर्व राष्ट्रिय जनता पार्टी (राजपा)बाट आएका नेताहरूको छुट्टै भेला गरेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा भएको उक्त समूहको भेलामा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेता सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जानेरनजाने भन्ने विषयमा विवाद भएपछि विहीबार गर्ने भनिएको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।



कार्यकारिणी समितिको बैठक नभएपछि पूर्वराजपा समूहका नेताहरू विहीबार बेलुका छुट्टै भेला गरेका हुन् । पूर्वराजपाका नेताहरुले ओली सरकारमा सहभागी हुनुपर्ने बताउँदै आएका छन् भने पूर्वसमाजवादी पार्टीतर्फका नेताहरुले भने एमालेबाहेकका दलहरु मिलेर सरकार गठन गर्नुपर्ने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार