
आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलकाअनुसार दिउँसो पनि काठमाडौंका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
यस्तै, अन्य पहाडी क्षेत्रमा पनि हावाहुरीसहित चट्याङ्ग र हल्का पानी पर्ने उनले बताइन् । आज देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि मौसमविद्ले बताएका छन् ।
देशका धेरै ठाउँमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव परेको छ ।
