आजको प्रतिनिधि सभा बैठकमा दलका नेताहरू बोल्ने

प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने भएको हो। बैठकमा दलका नेताहरूले बोल्ने कार्यक्रम छ।

संघीय संसद सचिवालयका अनुसार अध्यादेश र विधेयक पेश गर्ने कार्यसूची भने छैन। सर्वोच्चको फैसलाले प्रतिनिधि सभा व्युँतिए पनि सरकारले ‘विजनेश’ दिएको छैन।



सरकारले प्रतिनिधि सभालाई प्रभावकारी ढंगले सञ्चालन गर्न नचाहेको प्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाउने गरेको छ। यसअघि बसेका प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पारित भएका थिए।

सम्बन्धित समाचार