
एमाले नेता वामदेव गौतम पार्टीको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । उनी केही बेरअघि बालुवाटार प्रवेश गरेका हुन् ।
शनिबार पार्टी संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ भने सोही बैठकमा गौतम सहभागी हुने एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल देवकोटाले जानकारी दिए ।
पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
माधव नेपाल नेतृत्वको समूह भने बैठकमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका ती दुवै बैठकमा वरिष्ठ नेता नेपाल तथा झलनाथ खनाल नेतृत्वको समूह सहभागी नहुने निर्णय गरेको छ ।
