
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने समय आएको बताएका छन् ।
नेपाली कांग्रेस तरुण विभागले चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उनले टाउकोमा जिम्मेवारी आएको खण्डमा पछि नहट्ने तर प्रधानमन्त्रीका लागि दौडधुप नगर्ने बताए ।
मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष के कसरी अगाडि बढ्छन भन्ने कुरामा आगामी राजनीतिक रणनीति लिइने सभापति देउवाको भनाइ छ ।
