
आज देशको पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
यस्तै राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा हुने सम्भावना छ। सतर्कताका लागि महाशाखाले अघि बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ स् देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
