सरकारको नेतृत्व लिनेबारे नेपाली कांग्रेसले निकाल्यो यस्तो निष्कर्ष

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन तयार भएपनि सरकार बन्ने परिस्थिति अझै नबनेको निष्कर्ष निकालेको छ। सानेपा पार्टी कार्यालयमा सोमबार बसिरहेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले परिस्थिति अझै परिपक्व नबनेको निष्कर्ष निकालेको हो।

बैठकपछि पत्रकारलाई जानकारी दिँदै नेता रमेश लेखकले सरकार बन्ने परिपक्क अवस्था नबनेको बताए। ‘नेपाली कांग्रेसले वैकल्पिक सरकार दिने आवश्यकता पर्‍यो भने दिन्छौं भनेकै छौं। अहिले परिस्थिति सुनिश्चित र अवस्था परिपक्व भइसकेको छैन’ लेखकले भने ‘सरकार बनाउन परिस्थिति सुनिश्चित हुनुपर्छ, अवस्था परिपक्व हुनुपर्छ।’



बैठकमा क्रियाशील सदस्यबारे छलफल भएको उनले बताए। कांग्रेसको क्रियाशील सदस्यताको भोलि चैत १० गते सम्ममा टुंगो लगाउनुपर्नेछ। कांग्रेस पदाधिकारी बैठक अहिले पनि जारी छ।

सम्बन्धित समाचार