माओवादीले बोलायो स्थायी कमिटी बैठक, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

नेकपा माओवादी केन्द्रले मंगलबार (भोलि) स्थायी कमिटी बैठक बोलाएको छ। बिहान साढे ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक हुने बैठकमा पार्टीका आगामी कार्ययोजनालगायत विषयमा छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जनाए।

प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थनबारे पनि भोलिको बैठकमा छलफल हुन सक्ने उनले बताए। भने, ‘यसबारे केही निर्णय त भएको छैन। तर भोलिको बैठकले यस विषयमा निर्णय लिन्छ ।’



भोलि संसद् बैठक पनि बस्दैछ । संसद् बैठकअघि माओवादीले स्थायी कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।

सम्बन्धित समाचार