प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका प्रचण्डलाई किन भेटिन् चिनियाँ राजदूतले ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। राजदूत यान्छी प्रचण्ड भेट्न सोमबार खुमलटार पुगेकी थिइन्।

प्रचण्ड र राजदूत यान्छीबीच समसामयिक विषयमा छलफल भएको स्रोतले जानकारी दियो। नेपालमा चर्किएको पछिल्लो राजनीति अवस्थापछि राजदूत यन्छीले पहिलो पटक अध्यक्ष प्रचण्डलाई भेटेकी हुन्।



माओवादीले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन भन्दै स्थायी कमिटी बैठक बोलाएको सन्दर्भमा यन्छीले प्रचण्डसँग वार्ता गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

सम्बन्धित समाचार