माओवादी स्थायी कमिटी बैठकले गर्यो महत्वपूर्ण निर्णय

नेकपा माओवादी केन्द्रले नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि यही साता अदालत जाने निर्णय गरेको छ। मंगलबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।

सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो। उक्त फैसला राजनीतिक भएको भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फैसलाको पुनरावलोकनमा जाने प्रतिक्रिया दिएका थिए।



बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताइएपनि त्यसबारे कुनै निर्णय हुन सकेन । नयाँ सत्ता समीकरणको लागि पने दलहरुसँगको छलफललाई जारी राख्ने निर्णय बैठकले गरेको छ ।

सम्बन्धित समाचार