नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।

भारतको मध्यप्रदेशको ग्वालियरमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ । त्यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।
ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष समावेश छन् । राज्य सरकारले मृतकको परिवारलाई ४ लाख भारु र घाइतेलाई ५० हजार भारुको सहायता रकम दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री शिवराज सिंह चौहनाले शोकाकुल परिवारप्रति समवेदना जनाएका छन् ।
