कोरोनाको जोखिम बढेको भन्दै गृह मन्त्रालयले पठायो देशभर यस्तो सर्कुलर

कोरोना भाइरसको संक्रमणको जोखिम फेरि बढेको भन्दै थप कडाइ गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको सूचनापछि गृहले सबै जिल्ला प्रशासनलाई थप तयारी थाल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।

‘स्वास्थ्य मन्त्रालयको जानकारीपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा आवश्यक तयारी गर्न, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन दिइसकेका छौं’, प्रवक्ता बुढाले भने। गृह मन्त्रालयले भारतीय सीमानाकामा थप कडाइ गर्न भनेको छ। यस्तै क्वारेन्टिन र आइसोलेसन सेन्टरहरु पनि पुनः तयारी अवस्थामा राख्न भनिएको छ।



स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै भारतका विभिन्न प्रान्तमा कोरानाको संक्रमण बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने भएकाले थप सतर्कता अपनाउन आग्रह गरेको थियो।

भारतीय सीमानाबाट नेपाल भित्रिनेको अनिवार्य तथ्यांक राख्न र ज्वरो नापेर शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

गृहको सर्कुलरसँगै केही जिल्लाले सूचना जारी गरेर पुनः कडाइ गर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै जिल्लामा पुनः कडाइ गर्ने जानकारी गराइसकेको छ। नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमणको दर थपिएको छ। केही दिनदेखि एक सयभन्दा कम दैनिक संक्रमण पुष्टि भएकोमा सोमबार १५० जनामा संक्रमण पुष्टि भएको थियो।

सम्बन्धित समाचार