बंगलादेशको राजकीय भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, के के भयो बंगलादेशमा ?

बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्वदेश फर्केकी छन्। सोमबार बंगलादेश गएकी राष्ट्रपति मंगलबार साँझ स्वदेश फर्केकी हुन्। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच दुईपक्षीय भेटवार्ता भएको थियो।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बंगलादेशका विदेशमन्त्री डा। एके अब्दुल, बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए। भेटवार्तापछि राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी थिए।



बंगलादेशको राष्ट्रपति निवास बंग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनीहरूको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेसन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदानप्रदान भएको थियो।

बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आएकी थिइन्।

सम्बन्धित समाचार