भारतमा संक्रमण बढेसँगै नेपालमा यस्तो रोक

पर्सा जिल्ला प्रशासनले वीरगञ्जमा मंगलबार रातिदेखि लागू हुने गरी २५ जनाभन्दा बढी मानिसको जमघट गर्न रोक लगाएको छ ।

भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।



पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साको आज बैठक बसी होली पर्व नजिकिँकै जाँदा २५ जनाभन्दा बढीको संख्यामा भीडभाड नहुन निर्देशन जारी गरिएको बताए । उनका अनुसार नेपाल-भारत सीमामा उच्च सतर्कता अपनाउन सुरक्षाकर्मीलाई कडा निर्देशनसमेत दिइएको छ ।

सम्बन्धित समाचार