नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।

पठाओ राइडरलाई ज्याकेट र ट्राउजर नलगाउने राइड सेयरिङ कम्पनी पठाओ नेपाल प्रा।लीले जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गरी सो कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नायतले पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई ज्याकेट नलगाउने नियम ल्याएको बताए ।
उनका अनुसार ज्याकेट र ट्राउजर सहित पठाओको लोगो वा ब्राण्ड प्रयोग गर्न मनाही गरिएको छ । यदि कसैले प्रयोग गरे प्रशासनको कार्वाहीको भागिदार हुने तर कम्पनी सो बारे जवाफदेही नहुने उनले जानकारी दिए ।
पठाओको सेवा भने निर्वाध संचालन हुने उनले जानकारी दिए ।
