पार्टी फुट्न लागेपछि शंकर पोखरेलले सम्झाए एमालेको इतिहास

नेकपा एमालेका नेता शंकर पोखरेलले एमालेबाट फुटेर माले बनाउँदाको इतिहास स्मरण गराएका छन्।

सर्वोच्च अदालतले पुनर्स्थापना गरेको एमाले विभाजनको संघारमा पुगेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले विगतको गल्तीबाट पाठ सिक्न सुझाव दिएका हुन्।



‘एमालेबाट माले बनाउँदाका उन्माद कम्ता थिएनन्। तर त्यसले सयौं कार्यकर्ताको राजनीतिक जीवन समाप्त भयो,’ नेता पोखरेलले बुधबार सामाजिक सञ्जालमार्फत सचेत गराएका छन्, ‘इतिहासबाट शिक्षा नलिनु भूल हुनेछ।’

सम्बन्धित समाचार