नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ चैत ।

प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधबार साँझ ७ः४५ बजे शितल निवास पुगेका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको शितल निवास स्रोतले जानकारी दिएको छ।
नयाँ सत्ता समीकरणलाई लिएर विभिन्न टिकाटिप्पणी भैरहेको बेलामा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।
