प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएकै दिन नेपाल पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

प्रधानमन्त्री केपी अ‍ोलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ३ बजे संसदीय दलको बैठक बालुवाटारमा बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रमुख सचेतक भट्टराईकाअनुसार बैठकमा प्रधानमन्त्री अ‍ोलीले सांसदलाई पछिल्लो राजनीतिक घटनाक्रम र आगामी चुनावका लागि विकास निर्माणका काममा केन्द्रीत हुन निर्देशन दिनेछन् ।



शुक्रबार नै एमाले माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बैठक बोलाएको हो । बैठकमा पार्टीको विवादका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार