नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।

नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका दुई जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्र छाडेर एमालेमा लागेका प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
दलका सचेतक तुलाराम घर्तीले प्रेस नोट जारी गरी माओवादीबाट निर्वाचित न्यौपाने र पन्थीले दल त्याग गरी अर्को दलमा प्रवेश गरेको भन्ने जानकारी आएकाले २४ घण्टे स्पष्टीकरण पत्र पठाइएको उल्लेख गरेका छन् । न्यौपाने र पन्थी संसद विघटनपछि नेकपा ओली समुहमा लागेका थिए ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनःस्थापित गरेपछि नेकपा एमालेमै रहने घोषणा गरेका थिए । न्यौपाने रुपन्देहीको निर्वाचन क्षेत्र १ क र पन्थी गुल्मीको २ क बाट निर्वाचित भएका थिए ।
