नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।

सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि भोजपुरमा ४ घर जलेर नष्ट भएका छन्। विहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा ४ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
आगलागीबाट हतुवागढी गाउँपालिका वार्ड नं. ८ का अर्जुन राई, कञ्चन राई, शान्तकुमारी राई कालिबहादुर राईको घर, गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
सुख्खा मौससमा मालढुंगा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रहरीले जनाएको छ। आगलागीबाट ४ वटा घर र गोठ जलेर पूर्ण नष्ट भएका छन्।
