कति जना सहभागी भए आजको नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा ?

नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा ४५ जना केन्द्रीय सदस्य सहभागी भएका छन् । नेताहरू उपत्यकाबाहिर भएकाले सबै सदस्य सहभागी नभएको खनाल–नेपाल पक्षको भनाइ छ ।

बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा जारी रहेको छ । ११ बजेका लागि बैठक बोलाइएको बैठक १२ बजेबाट बैठक सुरु भएको हो । पार्टीले सोधेको प्रष्टीकरणपछि खनाल–नेपालको केन्द्रीय कमिटी बैठक बसेको हो । केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसदहरूसँग पनि परामर्श गर्ने भएको छ ।



आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको संसदीय बैठकमा जाने नजानेबारे उक्त भेलाले टुंगो लगाउने छ । खनाल–नेपाल समूहमा प्रधानमन्त्री समेत रहेका ओलीले बोलाएको बालुवाटारको बैठकमा जाने नजानेबारे दुई मत देखिन्छ । केही नेताहरु जानुपर्ने पक्षमा देखिन्छन् भने केहि नेताहरु जान नहुने पक्षमा छन् ।

सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ । ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ ।

सम्बन्धित समाचार