ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन झलनाथ खनाल बालुवाटारमा

प्रधानमन्त्री केपी ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी हुन वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा दलका संसदीय दलको बैठक बोलाएका छन्। सो बैठकमा सहभागी हुन खनाल बालुवाटार पुगेका हुन्।

दलको बैठकमा नेपाल–खनाल पक्षका सबै सांसदहरु सहभागी हुने भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल भने बालुवाटार नजाने भएका हुन्।



दलको बैठकमा सहभागी भएर खनालले आफ्नो धारणा राख्ने बताइएको छ। सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्रबीचको एकीकरण भंग गरिदिएपछि पुर्ववत अवस्थामा पुगेको एमालेमा अध्यक्ष ओली र नेपाल पक्षबीच तीव्र विवाद भइरहेको छ।

सम्बन्धित समाचार