एमाले संसदीय दलको बैठकमा झलनाथदेखि वामदेवसम्म सहभागी

नेकपा एमालेका माधव पक्षका नेता तथा सांसदहरु झलनाथ खनालको नेतृत्वमा अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् । केहीबेर अघिमात्रै सुरु भएको बैठकमा माधव नेपाल र भीम रावलबाहेक अरु सांसदहरु सहभागी भएको ओली पक्षका सांसद महेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकको सुरुवात गर्दै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतक र राष्ट्रिय सभा दलको नेता चयनबारे जानकारी गराएका छन् । त्यस्तै ओलीले संसदीय समितिहरूको संख्या र सभापतिबारे पनि पार्टीको हैसियत अनुसार हेरफेर गर्ने जनाकारी दिएका छन् ।



यसअघि एमाले र माओवादी मिलेर नेकपा बनेपछि संसदीय समितिहरुमा एमाले र माओवादीका नेताहरुलाई भागबण्डाका आधारमा जिम्मेवारी दिइएको थियो । नेकपाले मान्यता नपाएसँगै माओवादीलाई दिएका समिति सभापतिहरू हेरफेर हुनसक्ने दलका नेता ओलीले जानकारी गराएका हुन । बालुवाटार बैठकमा नेता वामदेव गौतमपनि सहभागी भएका छन् ।

सम्बन्धित समाचार