माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक जारी, कति जना भए उपस्थित ?

हिजोदेखि शुरु नेकपा (नेपाल–खनाल) पक्षको केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिन पनि जारी छ । कलंकी, लामपाटीस्थित मेगा पार्टी प्यालेसमा बैठक एक बजेबाट सुरु भएको थियो।

बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल,पूर्वमन्त्री तथा स्थायी कमिटी र पोलिटब्यूरो सदस्यहरू सुरेन्द्र पाण्डे,रघुजी पन्त,गोकर्ण विष्ट,घनश्याम भुसाल,अमृतकुमार बोहोरा,प्रदेश सांसद माधव पौडेललगायत ३२ जनाको उपस्थिति रहेको जानकारी दिइएको छ ।



बिदाको दिन भएकाले सदस्यहरू आउने क्रम जारी छ । बैठकमा ओलीले कारबाही अगाडि बढाएमा कसरी प्रस्तुत हुने भन्ने विषयमा केन्द्रीत रहेर छलफल चलिरहेको छ ।

सम्बन्धित समाचार