महन्थलाई प्रचण्डको नयाँ प्रस्ताव, फर्काए यस्तो जवाफ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव राखेका छन् । बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डवलीमा गरेको कार्यक्रममा प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका हुन् ।

मधेसको अधिकार र पहिचान विरोधी प्रवृत्तिका रुपमा केपी ओली प्रवृत्ति स्थापित रहेको भन्दै उनले भने, ‘एक हप्ताभित्र हाम्रो सरकार बन्छ महन्थजी । तपाई हामी भएर (सम्बोधन) गरौं न, किन ओली कहाँ धाउनुहुन्छ ?’



मधेसका मुद्दा सम्बोधन गर्न आफूले दुई पटक संशोधन प्रस्ताव लैजाँदा पास हुन नदिने केपी ओली नै भएको उनले बताए ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै महन्थ ठाकुरले एमालेका अध्यक्ष केपी ओलीलाई सबभन्दा धेरै समर्थन माओवादी केन्द्रले गरेको तर दोष आफूहरुमाथि लाग्ने गरेको उनले बताए । ओली सरकारमा भएको कारण आफूहरुले माग पुरा गराउनका लागि उनीसँग कुरा गरेको उनको स्पष्टोक्ति थियो ।

उनले आफूहरुले नेकपा माओवादी केन्द्र र प्रचण्डको विरोध नगरेको पनि बताए । उनले प्रचण्डलाई प्रश्न गर्दै भने, ‘कुन ठाउँमा हामीले तपाईंको विरोधमा गएका हौं । तपाईंको पीडा र हाम्रो पीडा फरक रहेको छ, तपाईंको पीडा सरकारको लागि हो भने हाम्रो पीडा अधिकारका लागि हो ।’

 

सम्बन्धित समाचार