अदालतले एमालेमै फर्काइदियो, ओलीले ढोका बन्द गरे : नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमै फर्कादिएको बताएका छन्।शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ नेता नेपालले सर्वोच्चले पुरानै पार्टीमा फर्कादिए पनि त्यहाँ आफूका लागि ढोका बन्दा भएको बताएका हुन्। उनले ओलीले आफूलाई पार्टीबाट घोक्र्याउन खोजको भन्दै आफू नडराउने बताए।

आज म बढो आफ्ठ्यारो महसुस गर्दैछु, त्यही बार्टीमा मलाई सर्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ’, नेपालले भने, ‘सर्वोच्च अदालतले बढो विचित्रको फैसला गरेको छ।’ उनले दुईपार्टी एक भएको निर्वाचन आयोगले प्रमाणित गरेर प्रमाण समेत दिएको र यो बीचमा अन्य गतिविधि पनि भएको बताउँदै सर्वोच्चले नमानने फैसला गरेको बताए।



उनले सर्वोच्चको आदेश अनुसार पुरानो ठाउँमा फर्कन खोजे पनि आफूहरुका लागि ठोका बन्द भएको बताए। ‘सर्वोच्चको फैसला छ पुनारो ठाउँमा फर्क। हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौँ। तर बिडम्बना भन्न पनि मलाई कस्तो गाह्रो छ भनेदेखि पार्टीभित्रको कुरा डबलीमा आएर भन्यो माधव नेपालले भन्ने अर्को आरोप लाग्ला। त्यसपछि कुनदिन घोक्र्याएर त्यहाँबाट पनि निकालीदिने स्थिति बन्ला’, नेपालले भने, ‘म त्यस्ता कुरामा डराउने र तर्सिने मान्छे माधव नेपाल होइन। किनभने यो आन्दोलन र पार्टीको विजारोपण गर्ने म हो।’ उनले यो देशमा भएका धेरै आन्दोलनमा आफू सहभागी भएको बताए। उनले आफूले पार्टीको अन्तरविरोध पार्टीभित्र नराखेर बाहिर आएर राख्न बाध्य भएको बताए।

सम्बन्धित समाचार