नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ चैत ।

भरतपुरमा स्कुटरलाई गाडीले ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरका ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी विनीसा अधिकारी र मोहन अधिकारीका दाईकी छोरी १७ वर्षीया दिपिसा अधिकारी रहेको प्रहरीले जनाएको छ ।
माडी ठोरी हुलाकी सडक खण्ड अन्तर्गत भरतपुर–२२ पकौडीमा स्कुटरलाई गाडीले ठक्कर दिँदा शनिवार साँझ स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो । ना४०प ७०८२ नम्बरको स्कुटरलाई ना५प २१५० नम्बरको माडी ठोरी चल्ने गाडीले ठक्कर दिएको थियो ।
ईलाका प्रहरी कार्यलय गीतानगरका अनुसार माडी हुँदै नारायणगढतर्फ जान लागेको गाडीले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटना भएको स्थलमा सडकको निर्माण कार्य हुँदैछ । ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार साँघुरो सडकका कारण दुर्घटना भएको देखिन्छ ।
