नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ चैत ।

प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।
त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
पछिल्लो समय प्रधानमन्त्री ओली सभामुखसँग अषन्तुष्ट रहँदै आएका थिए । हिजो मात्र एक अन्तवार्तामा ओलीले सभामुख अग्नि सापकोटा सेटिङमा लागेको गम्भीर आरोप लगाएका थिए । सभामुख सापकोटाले तटस्थ भूमिका निर्वाह नगरेको उनको आरोप थियो ।
