बागमतीका मुख्यमन्त्री पौडेलले बोलाए एमाले संसदीय दलको बैठक, अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने तयारी

बागमती प्रदेशका मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन् । चैत १८ गतेका लागि बोलाइएको बैठकबाट आफूविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले सांसदहरूलाई निर्देशन दिने उनको तयारी छ ।

बागमती प्रदेशमा एमालेको एकल बहुमत छ । सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिनुअघि तत्कालीन नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।



एमाले ब्युँतिसकेपछि अविश्वासको प्रस्ताव फिर्ता लिन नेपालपक्षीय सांसदहरूमाथि दबाब छ ।

सम्बन्धित समाचार